आईसीसी टी–२० विश्वकप एसिया छनोटमा हङकङ बहराइनसँग पराजित

काठमाडौं— आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा बहराइनले हङकङमाथि सानदार जित हात पारेको छ ।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा १४७ रनको लक्ष्य पछ्याएको हङकङलाई ५ बल अगावै १२६ रनमा अलआउट गर्दै बहराइनले जित हात पारेको हो ।
बहराइनको जितपछि समूह ‘बी’को समीकरण रोमाञ्चक बनेको छ । पहिलो खेलमा यूएईसँग पराजित बहराइनको यो पहिलो जित हो ।
उता कुवेतलाई पहिलो खेलमा हराएको हङकङको यो पहिलो हार हो । बहराइन र हङकङको दुई खेलबाट समान २–२ अङ्क छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८० १२:५५