News Griha :: न्यूजगृह
आईसीसी टी–२० विश्वकप एसिया छनोट : ओमनको लगातार दोस्रो जित

काठमाडौं— आईसीसी टी–२० विश्वकप एसिया छनोटमा ओमनले लगातार दोस्रो जित हात पारेको छ ।

समूह ‘ए’ अन्तर्गत मंगलबार किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ओमनले सिंगापुरलाई २२ रनले पराजित गरेको हो ।

पहिलो खेलमा मलेसियालाई ३२ रनले पराजित गरेको ओमन सेमिफाइनल नजिक पुगेको छ । समूह ‘ए’ मा २ खेलबाट ४ अङ्कसहित ओमन शीर्ष स्थानमा छ ।

ओमनले दिएको १७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १२:५१
Weather Update