सामाखुसीबाट ८ जना जुवाडे पक्राउ

काठमाडौं— प्रहरी वृत्त महाराजगगञ्जबाट खटिएको टोलीले जुवा खेलिरहेका तीन महिला सहित ८ जनालाई पक्राउ गरेको छ ।
उनीहरूको साथबाट १ लाख ९९ हजार रुपैयाँसमेत बरामद भएको छ । पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ, नारायणथानका यमकुमार पुन, टोखाका राज घले, सोही ठाउँका मिलन घर्तीमगर लगायत छन् ।
सोमबार राति सामाखुसीस्थित अप्सरा मल्लको घरमा जुवा खेलिरहेका उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि जुवा मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८० १३:४०













