
काठमाडौं— यस वर्षको बालोन डो अरको अवार्ड लियोनेल मेस्सीले जितेका छन् ।
फ्रेन्च फुटबलले हरेक वर्ष प्रदान गर्ने प्रतिष्ठित बालोन डीअर अवार्ड मेस्सीले सबैभन्दा बढी आठौँ पटक जितेका हुन् । पेरिसमा सम्पन्न कार्यक्रममा मेस्सीलाई सो अवार्ड दिइएको हो ।
अर्जेन्टिनालाई विश्वकप जिताएका मेस्सीले म्यानचेस्टर सिटीका इर्लिंग हालाण्ड र पिएसजीका किलीयन एम्बाप्पेलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।
हालाण्ड पनि यो अवार्डका प्रमुख दाबेदार थिए । उनले सिटीलाई गत सिजनको प्रिमियर लिग र च्याम्पियन्स लिग जिताएका थिए । उनी दोस्रो भए भने एम्बाप्पे तेस्रो तथा म्यानचेस्टर सिटीका केभिन डी ब्रुने चौथो र सिटीकै रोड्री पाँचौं भएका छन् । महिला तर्फ स्पेनकी मिडफिल्डर आइताना बोनमातीले पहिलो पटक उपाधि जितेकी छन् ।

मेसीले बालोन डो अर अवार्ड यसअघि २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा जितेका थिए । मेसीपछि यो अवार्ड पाँच पटक क्रिस्टियानो रोनाल्डोले जितेका छन् । रोनाल्डोले २००८, २०१३, २०१४, २०१६ र २०१७ मा जितेका थिए ।













