News Griha :: न्यूजगृह
बारामा प्रिन्सिपल हत्या प्रकरणः मुख्य योजनाकारसहित २ पक्राउ 
मृतक रूपेश स्वर्णकार

काठमाडौं— बाराको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल रूपेश स्वर्णकारको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य योजनाकारसहित  २ जनालाई पक्राउ गरेको छ ।

यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा १ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका एक जनालाई जिल्ला प्रहरी कार्यालय ल्याइसकिएको र अन्य दुई जनालाई पक्राउ गरेर ल्याउँदै गरिएको बाराका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए।

‘मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरिएको छ,’ काफ्लेले भने, ‘एक जनालाई पक्राउ गरेर प्रहरी कार्यालयमा ल्याइसकिएको छ। अन्य दुई जनालाई पक्राउ गरिसकिएको र जिल्ला प्रहरी कार्यालय ल्याउँदै गरिएको छ।’

दुई वटा मोटरसाइकलमा आएको अज्ञात समूहले रूपेशमाथि सोमबार दिउँसो गोली प्रहार गरेको थियो । उपचारका क्रममा उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो । 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १९:१५
Weather Update