News Griha :: न्यूजगृह
अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएका रूपेशको मृत्यु [अपडेट]

बारा— अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएका ३५ वर्षीय रूपेश स्वर्णकारको मृत्यु भएको छ ।

स्वर्णकारमाथि अज्ञात समूहले सोमबार दिउँसो करिब १ बजे तिर गोली प्रहार गरेको थियो ।  उनको टाउको र छातिमा गोली लागेको थियो । स्वर्णकार कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल हुन् । 

खाजा लिई मोटरसाइकलमा विद्यालय फर्किरहेका बेला स्वर्णकारमाथि कलैया उपमहानगरपालिका— ६ मदरसा टोलमा दिनदहाडै गोली प्रहार भएको हो । नम्बर नखुलेको २ वटा मोटरसाइकलकमा आएका ४ जनाको समूहले रूपेशमाथि गोली प्रहार गरेका थिए । 

घटनास्थलबाट प्रहरीले पेस्तोलमा लाग्ने गोलीको ४ वटा खोका बरामद गरेको छ । 

प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागि वीरगञ्जस्थित मेडिसिटी वयोधा अस्पतालमा लगिएको छ । अस्पतालले स्वर्णकारको मृत्यु भएको पुष्टि गरेको हो । गोली चलाउने व्यक्तिको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १४:२१
Weather Update