स्थापनाको ३५ वर्षपछि रुकुम पश्चिम अस्पतालमा ब्लड बैंक

रुकुम— जिल्ला अस्पताल रुकुम पश्चिममा ब्लड बैंक स्थापना भएको छ । २०४५ सालमा स्थापना भएको अस्पतालमा ३५ वर्षपछि विभिन्न निकायको सहयोगमा ब्लड बैंक स्थापना गरिएको हो ।
योसँगै जिल्लामा ब्लड बैंकको सङ्ख्या दुई पुगेको छ । यसअघि चौरजहारीमा ब्लड बैंक सञ्चालनमा आइसकेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीका अनुसार रूपान्तर नेपाल भक्तपुर, मुसिकोट नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिम लगायतका संस्थाको सहयोगमा अस्पतालमा ब्लड बैंक स्थापना गरिएको हो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८० १९:२३