इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान

काठमाडौं— दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएकामध्ये थप दुई नेपालीको शव पहिचान भएको छ ।
दक्षिणी इजरायलमा असोज २० गते भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरूमध्ये सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार र धनुषा सपही –६ का अनन्द साहको शव पहिचान हुन बाँकी थियो ।
दुवैको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ । सोमबार साँझ दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ ।’
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८० ०६:३०













