
संयुक्त राष्ट्रसङ्घमा इज्जत बढाउन नेपालले के गर्ने ? आइतबार, कात्तिक १२, २०८० संयुक्त राष्ट्रसङ्घको प्रस्तावना वाक्यमा भनेको चौथो कुरा नेपालका लागि सबैभन्दा बढी महत्त्वपूर्ण छ । त्यो हो ‘स्वतन्त्रताको वातावरणमा आर्थिक र सामाजिक विकास गर्ने ।’ त्यो भएन भने विश्व शान्ति त हुँदैन नै, नेपालको अन्तर्राष्ट्रिय सम्मान बढ्ने कुरा पनि आउँदैन । नेपालमा आर्थिक विकासको सम्भावना नदेखेर नै हाम्रा युवकहरू दिनहुँ विदेशिएका...

सँगै बसेर लागूऔषध सेवन, त्यसपछि साथीकै हत्या आइतबार, कात्तिक १२, २०८० जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापाड घर भएका २४ वर्षीय रूपेश महराको साथीबाटै हत्या भएको दाबी प्रहरीको छ । प्रहरीले हत्या अभियोगमा जनकपुरधाम सोनापाडा बस्ने २० वर्षीय पवन सहनी र हरिचन मण्डललाई पक्राउ गरि सार्वजनिक पनि गरेको छ ।

बारामा बस दुर्घटना, एकको मृत्यु, ११ जना घाइते आइतबार, कात्तिक १२, २०८० बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाइते छन् । चितवनबाट वीरगञ्ज जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस शनिबार राति जितपुर उपमहानगरपालिका–२ सिमरा चोकमा दुर्घटना हुँदा भारतको मोतिहारी घर भई वीरगञ्ज बस्दै २७ वर्षीय मुकेश साहको मृत्यु भएको हो ।

दसैँका समयमा पाथीभरामा २५ हजारभन्दा बढी जनाले दर्शन गरे आइतबार, कात्तिक १२, २०८० नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार छ सय ३८ जान भक्तजनले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । क्षेत्र विकास समितिका अनुसार दसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको दिन चार हजार तीन सय २२ जनाले दर्शनका छन् ।

सामूहिक हत्या गरिएका चारै जनाको शव गमगढी ल्याइयो आइतबार, कात्तिक १२, २०८० जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ । छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी गत शुक्रबार मृतावस्थामा फेला परेका थिए ।

गुटेरेसले आज दिउँसो राष्ट्रपति पौडेललाई भेट्ने आइतबार, कात्तिक १२, २०८० आजै नेपाल आइपुगेका महासचिव गुटेरेसको भ्रमणको पहिलो दिन उच्चस्तरीय राजनैतिक शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले आज दिउँसो चार बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पौडेलसँग शिष्टाचार भेट गर्ने राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

झाडी फाँडेर सामूहिक सुन्तला खेती आइतबार, कात्तिक १२, २०८० म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ कल्लेरीमा २२ वर्षअघिसम्म छरसात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो । विसं २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्ती नै विस्थापित भयो । पहिरोपछि कल्लेरीको पाखो उत्तीस, अैसेलु, वनमारा उम्रिएर झाडीमा परिणत भयो ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आइतबार, कात्तिक १२, २०८० सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक आव्हान भएको छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसङ्घका महासचिवको सम्बोधन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

दुर्घटनामा प्रहरी जवानको मृत्यु आइतबार, कात्तिक १२, २०८० प्रहरीका अनुसार शनिबार बिहान निजगढ नगरपालिकाबाट वडा नं ८ बाट जितपुर सिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको सूचनापछि खोजी गर्दै जाने क्रममा उनी दुर्घटनामा परेका हुन् ।

नेपालबाट यस्तो देखियो चन्द्रग्रहण आइतबार, कात्तिक १२, २०८०

बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने पक्राउ आइतबार, कात्तिक १२, २०८० १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने एक पुरुष पक्राउ परेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ४३ वर्षीय शमशेर गुरुङ शुक्रबार पक्राउ परेका हुन् ।

पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना आइतबार, कात्तिक १२, २०८० आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ ।









