News Griha :: न्यूजगृह
बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने पक्राउ

खोटाङ— १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने एक पुरुष पक्राउ परेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ४३ वर्षीय शमशेर गुरुङ शुक्रबार पक्राउ परेका हुन् । 

मादक पदार्थ सेवन गरेर बालिकालाई जबरजस्ती करणीको प्रयास गर्ने गुरुङलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।

गुरुङलाई आइतबार अदालतमा पेस गरी म्याद लिई थप अनुसन्धान अघि बढाउने तयारी रहेको कार्कीको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  ०६:३६
Weather Update