दसैँपछिको पहिलो कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं— दसैँपछिको पहिलो कारोबार दिन शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।
आइतबार नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ विन्दुमा बन्द भएको छ । जम्मा ७४ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकिङ उपसमूह १७, विकास बैंक ५५, फाइनान्स २३, होटल तथा पर्यटन १२८, जलविद्युत् २९, जीवन बीमा १९७, उत्पादन ५८, माइक्रोफाइनान्स ३४, निर्जीवन बीमा १९२, अन्य १३ र ब्यापार उपसमूह ७४ अंक घटे ।
२७ कम्पनीको शेयर मूल्य बढ्दा २०० वटा कम्पनीको घट्यो । ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८० १५:५९