News Griha :: न्यूजगृह
पाल्पामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं—  स्याङ्जाबाट पाल्पा हुँदै बुटवल जाँदै गरेका एक पुरूषको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

पाल्पा प्रहरीका अनुसार स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ५ का ४१ वर्षीय मोहनीलाल थापा शनिबार दिउँसो सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर १ बिरौटामा दुर्घटनामा परेका थिए । 

लु १४ प ८८७१ नम्बरको मोटरसाइकलमा सवार थापा दुर्घटनामा परी गम्भीर घाइते थिए । उपचारका लागि जिल्ला अस्पताल पाल्पा पठाइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १६:५३
Weather Update