जनकपुरमा एक युवक मृत फेला परे, हत्याको आशंका

काठमाडौं— जनकपुरमा एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।
युवकको पहिचान खुल्न सकेको छैन । युवकको शरीरमा रगतको टाटा देखिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन आवाले जानकारी दिए ।
‘घटनास्थलको प्रकृतिले युवकको हत्या भएको आशंका छ । घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर सहितको टोली ल्याइएको छ,’ आवाले भने ।
घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी आवाले बताए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८० ११:३४













