News Griha :: न्यूजगृह
शुक्रबारको मौसम : पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं— हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ०६:२२
Weather Update