News Griha :: न्यूजगृह
भलिबल खेलाडी श्रेष्ठले गरे आत्महत्या 

काठमाडौं— धादिङका भलिबल खेलाडी मनोजकुमार श्रेष्ठ झुण्डिएको अवस्था मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी सन्तु जैसवालका अनुसार, सिद्धलेक गाउँपालिका-३ ढोडेनीमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको छ ।

‘बिहान ६:४५ बजे शव भेटिएको भन्दै खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर सा’ब सहितको टोली पठाएका छौं’, उनले भने, ‘उहाँ पुगेर थप अनुसन्धान सुरु हुन्छ ।’ उनी गंगाजमुना-४ गुम्दीका हुन् । श्रेष्ठ बुधबार नलाङ खिर्रेमा भएको तमु युवा समाज खुला पुरुष भलिबल प्रतियोगितामा सहभागी थिए ।

उनी धादिङको टीमका कप्तान थिए । उनी नेतृत्वको टोलीले बुधबार भएको खेल जितेको थियो । मृत्युको कारण पोस्टमार्टम जाँचपछि खुल्ने प्रहरीले बताएको छ । घटनास्थल आसपास हालसम्म सुसाइट नोट वा अन्य कुनै संकेत फेला परेको छैन । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  ०९:४८
Weather Update