क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु

मकवानपुर— हेटौँडा–१५ स्थित रातोमाटेमा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान पौने ६ बजे रातोमाटेस्थित पूर्व पश्चिम सडकखण्डमा चुरियामाइतर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना १ क ६०५५ न. को क्रेन अनियन्त्रित भई सडकको छेउमा पल्टिएको थियो ।
सोही क्रममा बारा विश्रामपुर घर भएका वर्ष १८ का सहचालक विपिन महतो घाइते भएका थिए । उनलाई उपचारको लागि हेटौँडा अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।
क्रेनले च्यापिएको अवस्थामा रहेका उनलाई स्थानीको सहयोगमा निकालिएको थियो । पर्साका वर्ष ३० का चालक दशरथ पासवान भने सामान्य घाइते छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८० ०९:५४













