News Griha :: न्यूजगृह
त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र यूएई भिड्दै
त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र यूएई भिड्दै जारी सिरिजमा अपराजित नेपाल एक खेल अगावै फाइनल पुगिसकेको छ। नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो भने हङकङलाई क्रमशः ६ विकेट र ७९ रनले पराजित गरेको थियो।
आज महानवमी पर्व मनाइँदै
आज महानवमी पर्व मनाइँदै महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
घाँटीमा मासु अड्केर दैलेखमा एक जनाको मृत्यु 
घाँटीमा मासु अड्केर दैलेखमा एक जनाको मृत्यु  घाँटीमा मासु अड्केर आइतबार नौमुले गाउँपालिका-६ माथिल्लो नाउलीका ४५ वर्षीय दलबहादुर विकको मृत्यु भएको वडा अध्यक्ष लालबहादुर चन्दले जानकारी दिए ।
पाल्पा जीप दुर्घटना : मृतक सबैको सनाखत [अपडेट]
पाल्पा जीप दुर्घटना : मृतक सबैको सनाखत [अपडेट] मृत्यु हुनेमा तीन महिला, दुई बालबालिका र एक पुरुष रहेको प्रहरीले जनाएको छ । जीप दुर्घटनामा नवलपरासी पूर्व देवचुली नगरपालिका १६ रजहरका ६० वर्षीया पार्वती लोहनी, सोही स्थानकै ६५ वर्षीय कृष्णबहादुर लोहनी, ११ वर्षीय सविस लोहनी, साढे दुई वर्षकी ईसव लोहनी, ३५ वर्षीया सविना धिताल र लमजुङ बेंसीसहर २ भकुण्डेकी...
पाल्पाको बराङ्ग्दी खोलामा जीप खस्यो, ६ जनाको मृत्यु 
पाल्पाको बराङ्ग्दी खोलामा जीप खस्यो, ६ जनाको मृत्यु  उद्दारमा अस्थायी प्रहरी चौकी रानीघाटका साथै जिल्ला प्रहरी कार्यालयबाट गएको टोली, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । दुर्घटना अफ्ट्यारो खोचमा भएकाले उद्दारमा कठिनाइ भएको छ ।
इजरायलबाट थप एक विद्यार्थीको शव नेपाल ल्याइयो
इजरायलबाट थप एक विद्यार्थीको शव नेपाल ल्याइयो उनका अनुसार हालसम्म दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ-३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो । न्यौपानेको शव गएराति ल्याइएको थियो भने धामी र विष्टको शव आइतबार बिहान आइपुगेको हो । चौधरीको शव आइतबार दिउँसो २ः४० बजे...
धादिङमा एकैदिन १२० बढी परकम्प
धादिङमा एकैदिन १२० बढी परकम्प आइतबार बिहान ७ बजेर ३९ मिनेटमा ज्वालामुखी गाउँपालिका–५, खरी आसपास केन्द्रबिन्दु भएको ६.१ म्याग्निच्युडको धक्का मापन गरिएको  थियो । त्यसपछि सो सङ्ख्यामा परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यूएईले हङकङलाई हरायो, भोलि नेपालसँग खेल्ने 
यूएईले हङकङलाई हरायो, भोलि नेपालसँग खेल्ने  मूलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले युएईलाई जितका लागि दिएको एक सय ५० रनको चुनौती यूएईले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । युएईका लागि कप्तान मोहम्मद वासिमले १७ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४० रन बनाए भने खालिद शाहले ३७ रनको योगदान दिए ।
देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लाम
देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लाम दसैँको आठौँ दिन अर्थात महाअष्टमीका दिन देशभरका शक्तिपीठमा भक्तजनको लर्को लागेको हो । नवरात्रको सुरुवात् अर्थात घटस्थापनादेखि नै नवदुर्गाको पूजा, आराधना सुरु हुने भएपनि महाअष्टमी, महानवमी र विजयादशमीका दिन विशेष पूजा आराधना गर्ने सनातनदेखिको परम्परा रहेको छ ।
Weather Update