News Griha :: न्यूजगृह
पाल्पाको बराङ्ग्दी खोलामा जीप खस्यो, ६ जनाको मृत्यु 

काठमाडौं— पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जीप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ । 

आइतबार साँझ करिब ५ बजेको समयमा बागमती प्रदेश ७२०९ नम्बरको जीप दुर्घटना भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।   

उद्दारमा अस्थायी प्रहरी चौकी रानीघाटका साथै जिल्ला प्रहरी कार्यालयबाट गएको टोली, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । 

जीपका चालक घाइते छन् । थप विवरण आउन बाँकी रहेको पाल्पा प्रहरी प्रमुख हेरम्ब शर्माले बताए । 

 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १८:५६
Weather Update