News Griha :: न्यूजगृह
त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र यूएई भिड्दै

काठमाडौं— त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल बिहान ११ बजे माथिल्लो मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ।

जारी सिरिजमा अपराजित नेपाल एक खेल अगावै फाइनल पुगिसकेको छ। नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो भने हङकङलाई क्रमशः ६ विकेट र ७९ रनले पराजित गरेको थियो।

मोहम्मद वासिमको कप्तानीमा रहेको यूएई पनि जितसहित एक खेल अगावै फाइनलको यात्रा तय गर्न चाहन्छ। यदि नेपालले यूएईलाई पराजित गरे हङकङ र यूएईबीचको अन्तिम खेलबाट फाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो लाग्ने छ। यूएईले हिजो हङकङलाई ६ विकेटले पराजित गरेको थियो। 

टी-२० विश्वकप २०२४ को छनोट प्रवल दावेदार दुवै टोलीले यस सिरिजलाई एसिया क्षेत्र छनोटअघिको अन्तिम तयारीको रुपमा लिएका छन्।

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ०६:४३
Weather Update