टस जितेर यूएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं— काठमाडौंमा जारी त्रिदेशीय शृङ्खलामा नेपालले सोमबार यूएईको सामना गर्दैछ । मूलपानी क्रिकेट मैदानमा आयोजना हुने खेल ११ बजे सुरु हुनेछ ।
आजको खेलमा नेपालले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको छ । हङकङ पनि सम्मिलित सिरिजमा नेपाल लगातार तीन खेल जित्दै एक खेल अगावै फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि यूएईलाई पहिलो खेलमा ७ विकेटले हराएको थियो ।
यूएईलाई पनि नेपाललाई हराउँदै फाइनल पुग्ने अवसर छ । यसअघि नेपालसँग पराजित भएको युएईले आइतबार हङकङलाई पराजित गरेको थियो । नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । यूएई २ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ । लगातार तीन खेल हारेको हङकङ अंक विहीन हुँदै पुछारमा छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८० १०:५६