News Griha :: न्यूजगृह
अभिनेत्री रेखा थापाले आफू गर्भवती भएको सार्वजनिक गर्दै भनिन्– ‘यस्तो अवस्थामा झन् धेरै काम जाँगर चल्यो’ 
अभिनेत्री रेखा थापाले आफू गर्भवती भएको सार्वजनिक गर्दै भनिन्– ‘यस्तो अवस्थामा झन् धेरै काम जाँगर चल्यो’  उनले गर्भवती अवस्थामा नै फिल्म ‘उपहार’को सुटिङ सकाएको भन्दै गर्भवती अवस्थामा झन् धेरै काम गर्ने उत्साह बढेको बताइन् ।थापाले चैतमा गर्ने भनिएको सुटिङ भदौमा सरेपछि आफ्नो ठाउँमा अर्को हिरोइन खोज्नुपर्ने हो कि भने भन्ने लागे ता पनि काम सहजता पूर्वक नै काम सम्पन्न गरेको बताएकी हुन् ।  
साउदी अरबलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा
साउदी अरबलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले साउदी अरबलाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएपछि नेपालले फराकिलो जित हात पारेको हो ।
हङकङले दियो नेपाललाई ९५ रनको झिनो लक्ष्य
हङकङले दियो नेपाललाई ९५ रनको झिनो लक्ष्य त्रिदेशीय टी–ट्वान्ट्वी क्रिकेट शृंखलाअन्तर्गत जारी खेलमा हङकङले नेपाललाई ९५ रनको झिनो लक्ष्य दिएको छ ।नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो ।
दोलखा सुन प्रकरण : थप २ जना पक्राउ
दोलखा सुन प्रकरण : थप २ जना पक्राउ दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा थप २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक खड्काका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले २ जनालाई पक्राउ गरेर पठाएको बताए ।
सुनको मूल्यमा नयाँ रेकर्ड, एक लाख १३ हजार ७०० मा कारोबार
सुनको मूल्यमा नयाँ रेकर्ड, एक लाख १३ हजार ७०० मा कारोबार नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार बिहीबार सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।यो हालसम्मकै सबैभन्दा उच्च मूल्य भएको महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । यस अघि साउन ४ गते छापावाल सुनको मूल्य एक लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 
मानव अधिकार आयोगको विधेयकको मस्यौदा बनाउन मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृति
मानव अधिकार आयोगको विधेयकको मस्यौदा बनाउन मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृति रकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ  । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
यू-१९ प्रिमियर कपमा नेपालले साउदीलाई दियो ३४८ रनको विशाल लक्ष्य
यू-१९ प्रिमियर कपमा नेपालले साउदीलाई दियो ३४८ रनको विशाल लक्ष्य मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमाल र आकाश त्रिपाठीको शानदार प्रदर्शनमा नेपालले विशाल स्कोर बनाएको हो ।
पहिलो बलमै करणले लिए विकेट
पहिलो बलमै करणले लिए विकेट त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले पहिलो बलमै विकेट लिएको छ । नेपाली बलर करण केसीले हङ्कङका ओपनर निजाकत खानलाई बोल्ड गरेका हुन् । निजाकत हङ्कङका कप्तान पनि हुन् ।
टी-२० : हङकङविरुद्ध टस जितेको नेपालले फिल्डिङ गर्ने
टी-२० : हङकङविरुद्ध टस जितेको नेपालले फिल्डिङ गर्ने मूलपानी क्रिकेट रङ्गशालामा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । नेपालले बुधबार भएको पहिले खेलमा यूएईलाई ७ विकेटले हराउँदै सुखद सुरुआत गरेको छ । आजको खेल पनि जित्ने लक्ष्यका साथै नेपाली टोली मैदानमा उत्रनेछ ।
मन्त्रिपरिषद्को बैठक जारी
मन्त्रिपरिषद्को बैठक जारी सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।  
Weather Update