सुनको मूल्यमा नयाँ रेकर्ड, एक लाख १३ हजार ७०० मा कारोबार
काठमाडौं— बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर रेकर्ड कायम गरेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार बिहीबार सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।यो हालसम्मकै सबैभन्दा उच्च मूल्य भएको महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । यस अघि साउन ४ गते छापावाल सुनको मूल्य एक लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम हुँदा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । बुधबार एक लाख १३ हजार २ सय रुपैयाँमा छापावाल सुन, एक लाख १२ हजार ६५० रुपैयाँमा तेजाबी सुन र १४ सय १० रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८० १२:२६