
काठमाडौं— दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा थप २ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक खड्काका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले २ जनालाई पक्राउ गरेर पठाएको बताए ।
सीआईबीले तिलक बिक र रसुवा घर भएका चेतनाथ न्यौपानेलाई पक्राउ गरेर दोलखा पठाएको हो । सीआईबीले ४ दिनअगाडि पक्राउ गरेर दोलखा बुझाएको डीएसपी खड्काले बताए ।
‘उनीहरू सस्तोमा सुन किन्ने गरेको देखिएको छ,’ डीएसपी खड्काले भने । यससँगै ११ केजी सुन प्रकरणमा १२ जना पक्राउ परेका छन् । यसअघि प्रहरीले चीनको सिचुवान घर भएका गेङ रोउ, ६२ वर्षका सनत प्रधान, लालबहादुर तामाङ, दोलखाकै राज तामाङ, केशर तामाङ, माधव मगर, पेम्बा तामाङ, नुर्बु छिरिङ शेर्पा, सुनमाला तामाङ, चसमान तामाङ उर्फ च्याङ्बा, चेतनाथ न्यौपाने र तिलक बिक पक्राउ गरेको थियो ।
असोज ११ गते दोलखाको बिगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चार किलो सुन बरामद गरेको थियो । त्यसपछि विभिन्न समयमा गरेर ११ केजी सुन बरामद गरेको थियो ।
यो पनि पढ्नुहोस
४ केजी सुनसहित दोलखाबाट तीन जना पक्राउ
दोलखाको जामुनेमा थप ३ किलो सुन बरामद
दोलखामा प्रहरीले बरामद गरेको ११ किलो धातु सुन भएको पुष्टि, बजार मूल्य १० करोड १९ लाख बढी
दोलखामा थप ४ किलो सुन बरामद
दोलखा सुन प्रकरण : काठमाडौंबाट थप तीन जना पक्राउ