News Griha :: न्यूजगृह
४ केजी सुनसहित दोलखाबाट तीन जना पक्राउ
फाइल तस्बिर ।

काठमाडौं— दोलखाको सिँगटीबाट प्रहरीले चार केजी सुनसहित तीन जनालाई पक्राउ गरेको छ । 

बुधबार राति इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले चार किलो सुनसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

पक्राउ परेकाहरूको विवरण प्रहरीले सार्वजनिक गरेको छैन । स्रोतका अनुसार तीनै जना दोलखाको बिगु गाउँपालिका- १ लामाबगर निवासी हुन् । इलाका प्रहरी कार्यालय सिँगटीले भने सुन जस्तो देखिने चार पिस पहेँलो धातु बरामद भएको जनाएको छ । 

उक्त पहेँलो धातु परीक्षणको क्रममा रहेको पनि प्रहरीले जनाएको छ । थप विवरण पत्रकार सम्मेलन गरी बिहीबार सार्वजनिक गरिने दोलखा प्रहरीले जनाएको छ  ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०८:५०
Weather Update