कोशीका मुख्यमन्त्री केदार कार्कीले मागे विश्वासको मत बुधबार, कात्तिक १, २०८०
सोमपालले लिए यूएईको पहिलो विकेट बुधबार, कात्तिक १, २०८० नेपाली बलर सोमपाल कामीले यूएईका ओपनर ब्याट्सम्यान खालिद शाहलाई शून्य रनमै पेभेलियन फर्काए । सोमपालले खालिदलाई रोहित पौडेलद्वारा क्याच गराएका हुन् । यूएईले पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको हो ।

टस जितेर नेपालले फिल्डिङ रोज्यो बुधबार, कात्तिक १, २०८० त्रिकोणात्मक शृङ्खला अन्तरगत नेपाल र यूएईबीचको खेल सुरु भएको छ । मूलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । आज नेपालीका श्याम (मौसम) ढकालले डेब्यू गर्ने भएका छन् । सन्दीप लामिछानेले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि उनले अवसर पाएका हुन् ।

रुकुम पश्चिममा एक महिलाको घाँटी रेटेर हत्या बुधबार, कात्तिक १, २०८० मुसीकोट नगरपालिकाका– ७ साँखकी २८ वर्षीया भावना बिक सत्कार होटेलको कोठा नम्बर १ मा मङ्गलबार बिहान मृत फेला परेकी थिइन् । घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो ।
सुनको मूल्य : तोलामै १३ सय रुपैयाँले बढ्यो बुधबार, कात्तिक १, २०८० बुधबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा १३ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै बुधबार, कात्तिक १, २०८० सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, यस वर्ष दसैँ परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण...

कोशीमा मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने एमालेको निर्णय बुधबार, कात्तिक १, २०८० नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । बुधबार बिहान विराटनगरमा बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए ।
मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा बुधबार, कात्तिक १, २०८० उनले मुस्ताङवासीको पीडा कम गर्ने र त्यहाँको विकासलाई गति दिने कुरामा आफ्नो ध्यान गएको स्थानीयसँग बताउँदै ५० करोड सहयोग उपलब्ध गराउने घोषणा पनि गरे । बुधबार राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु परिवर्तन र त्यसले हिमाली क्षेत्रमा पारेको असरबारे गरिएको अन्तरक्रियामा उनले सबैले मिलेर जलवायु परिवर्तनले पारेको असरको सामना गर्नुपर्ने...

पार्टी खोलेर चुनाव लड्न पूर्व राजालाई माधव नेपालको चुनौति बुधबार, कात्तिक १, २०८० भक्तपुरमा बुधबार आयोजित दसैँ शुभकामना कार्यक्रममा नेपालले नेपालमा कुनै वंशको शासन नेपाली जनतालाई स्वीकार्य नहुने बताए । अध्यक्ष नेपालले त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन पूर्व राजालाई चुनौती दिए ।

काठमाडौंका यी तीन सडक आजबाट एकतर्फी बुधबार, कात्तिक १, २०८० काठमाडौं महानगरपालिकाभित्रका ३ वटा सडक खण्ड बुधबारदेखि एकतर्फी बनाइएको छ । महानगरपालिकाका अनुसार, सडक भएको वडाका जनप्रतिनिधि, ट्राफिक प्रहरी कार्यालय र महानगरपालिकाको संयुक्त प्रयासमा आजसम्म दोहोरो सवारी सञ्चालन भइरहेका सडक खण्डलाई एकतर्फी बनाइएको हो ।

चिनी अभावमा औद्योगिक कोरिडोरका उद्योगहरू प्रभावित बुधबार, कात्तिक १, २०८० स्थानीय उत्पादनले नपुग्ने, सरकारले पर्याप्त आयात गर्न नसकेको अवस्था एवं निजी क्षेत्रलाई आयात गर्ने अधिकार नदिँदा चिनी अभावको अवस्था रहेको उद्योगीहरूको भनाइ छ । यसले गर्दा उल्लेख्य परिणाममा चिनी खपत हुने चकलेट, बिस्कुट जस्ता उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् ।

इजरायलबाट उद्धार गरिएका ७ जना महेन्द्रनगर आइपुगे बुधबार, कात्तिक १, २०८० दिल्लीस्थित नेपाली दूतावासले उनीहरूलाई घर पठाएको हो । बुधबार महेन्द्रनगर आइपुग्नेमा कैलाली टीकापुरका नन्दसिंह पुन, नुवाकोट लिखुका राजकुमार मानन्धर, काठमाडौंका लक्ष्मी दुलाल, मोरङ उर्लाबारीका निश्चल सिंह, पाल्पाकी दिलकुमारी अधिकारी, ललितपुरकी ममता थापा र स्याङ्जाकी अस्मिता गुरुङ रहेका छन् ।

बिहारमा एक नेपालीको गोली हानी हत्या बुधबार, कात्तिक १, २०८० भारत बिहारको रामगढवामा एक नेपालीको गोली हानी हत्या गरिएको छ । वीरगन्जसँगै सीमा जोडिएको भारतीय सहर रक्सौलबाट मात्र १३ किलोमिटरको दूरीमा रहेको मोतिहारी जाने मुलसडकमा पर्ने रामगढवामा मंगलबार रौतहटको गौर नगरपालिका– ९ का ४० वर्षीय दिलीप सिंहमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो ।









