News Griha :: न्यूजगृह
सन्दीपसँग छलफलमै छौँ, फर्कने सम्भावना छ : पारस खड्का
सन्दीपसँग छलफलमै छौँ, फर्कने सम्भावना छ : पारस खड्का नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने खेलमा फर्किने सम्भावना रहेको बताएका छन् ।
हमासले पहिलो पटक सार्वजनिक गर्‍यो इजरायली बन्धकको भिडिओ
हमासले पहिलो पटक सार्वजनिक गर्‍यो इजरायली बन्धकको भिडिओ हमासको सैन्य शाखा अल-कसाम ब्रिगेडले पहिलो पटक इजरायलबाट बन्धक बनाएर गाजामा राखेको भिडिओ सार्वजनिक गरेको छ । अक्टोबर ७ को हमलापछि हमासको यो पहिलो भिडिओ हो। हमासले १९९ जनालाई बन्धक बनाएको इजरायलले जनाएको छ ।
चुनौतीकाबीच पनि नेपाल प्रहरी विश्वस्तरमा ख्याति प्राप्तः प्रधानमन्त्री
चुनौतीकाबीच पनि नेपाल प्रहरी विश्वस्तरमा ख्याति प्राप्तः प्रधानमन्त्री समाजमा बदलिँदो आपराधिक परिवेश, विश्वव्यापीकरण सँगै फैलिएको अन्तर्राष्ट्रिय अपराधको सञ्जाल, सूचना प्रविधिले ल्याएको विकास र यसले निम्त्याएको विनाश, अनुशासनहीनता सबै पक्षलाई मध्यनजर गरी नेपाल प्रहरीले आफ्नो स्वरूप र सेवा प्रवाहमा सोही अनुकूल विकास र परिवर्तन गर्दै गएको देख्दा गर्व लागेको उनको भनाई छ । 
सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि सहकार्य बढाउन गृहमन्त्री श्रेष्ठको जोड
सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि सहकार्य बढाउन गृहमन्त्री श्रेष्ठको जोड  चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका सार्वजनिक सुरक्षामन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वाङ सियाओहङबीच मंगलबार द्विपक्षीय भेटवार्ता भएको छ ।
भारतको सर्वोच्च अदालतद्वारा समलिंगी विवाहलाई वैधानिकता दिन अस्वीकार
भारतको सर्वोच्च अदालतद्वारा समलिंगी विवाहलाई वैधानिकता दिन अस्वीकार चिफ जस्टिस चन्द्रचुडले नेतृत्वको पाँच सदस्यीय इजलासले बहुमतका आधारमा समलिंगी विवाहलाई कानुनी मान्यता दिने गरी स्पेसल म्यारिज एक्ट (एसएमए)मा संशोधन गर्न अस्वीकार गरेको छ । यो अधिकार विधायिकालाई भएको ठहर गरेको इजलासले बाँकी नागरिक अधिकार दिने जिम्मेवारी केन्द्र सरकारको भएको बताएको छ ।
दिप्रुङका प्रमुख प्रशासकीय अधिकृत घर हिँडेपछि दसैँको मुखमा कर्मचारीले तलब पाएनन्
दिप्रुङका प्रमुख प्रशासकीय अधिकृत घर हिँडेपछि दसैँको मुखमा कर्मचारीले तलब पाएनन् दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिनाजानकारी घर हिँडेपछि दसैँ अगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ । 
नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि
नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव १८ अंकले बढेर एक हजार आठ सय ६४ दशमलव ६२ को बिन्दुमा कायम भएको हो ।
विमानस्थलबाट साढे ३१ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
विमानस्थलबाट साढे ३१ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले रकमसहित चिनियाँ मूलका भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्द ठकुरीले जानकारी दिए ।
व्यवस्थाभित्रको अवस्था परिवर्तन गर्न निलो शान्त क्रान्ति सुरुआत गरेका छौं : रवि लामिछाने 
व्यवस्थाभित्रको अवस्था परिवर्तन गर्न निलो शान्त क्रान्ति सुरुआत गरेका छौं : रवि लामिछाने  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले शान्त मतपत्रको माध्यमबाट व्यवस्थाभित्रको अवस्था परिवर्तनको लागि आफूहरुले निलो क्रान्ति सुरुआत गरेको बताएका छन् ।
इजरायलमा मृत्यु भएका नेपालीको शव चाँडो ल्याउन सरकारलाई संसदीय समितिकाे ध्यानाकर्षण
इजरायलमा मृत्यु भएका नेपालीको शव चाँडो ल्याउन सरकारलाई संसदीय समितिकाे ध्यानाकर्षण प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले इजरायलमा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छन् । 
१२४ दिनपछि पूर्णरुपमा बाहिरियो मनसुन
१२४ दिनपछि पूर्णरुपमा बाहिरियो मनसुन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्षको मनसुन १२४ दिन रहेर सरदर मितिभन्दा १३ दिनपछि पूर्णरुपमा बाहिरिएको छ ।
सहुलियत पसलमै छैन चिनी
सहुलियत पसलमै छैन चिनी साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनी लिमिटेड पोखराका प्रमुख वासुदेव उपाध्यायले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत दरको चिनी बिक्री गर्ने निर्णय ढिला गर्दा दसैँमा चिनी आयात हुन नसकेको र दसैँपछि लगत्तै सहुलियत दरको चिनी बिक्री केन्द्रमा आइपुग्ने बताए ।
Weather Update