इजरायलमा मृत्यु भएका नेपालीको शव चाँडो ल्याउन सरकारलाई संसदीय समितिकाे ध्यानाकर्षण

काठमाडौं— प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले इजरायलमा मृत्यु भएका नेपालीको शव चाँडाे नेपाल ल्याउनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छन् ।
आज समितिको बैठकमा उनले उनीहरुलाई आवश्यक राहत दिने, बाँकी नेपालीलाई नेपाल फिर्ता ल्याउने र बझाङमा गएको भूकम्पप्रति ध्यानाकर्षण गराउने निर्णय पनि भएको जनाए ।
उनले भने,‘इजरायलमा मृत्यु भएका १० जना नेपालीको शव चाँडोभन्दा चाँडो नेपाल ल्याउनका लागि सरकारलाई ध्यानाकर्षण गराउने, परिवारलाई राहत दिने र त्यहाँ रहेका नेपालीहरु नेपाल छिटो फर्किन चाहन्छन् । उनीहरुलाई फर्काउन सरकारको ध्यानाकर्षण गराउने र बझाङमा गएको भूकम्पप्रति ध्यानाकर्षण गराउने निर्णय भएको छ ।’
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८० १६:३७