मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी दुर्घटना, एक जनाको मृत्यु बुधबार, कात्तिक १, २०८०

गाजाको एक अस्पतालमा रकेट आक्रमण, ५०० जनाको मृत्यु बुधबार, कात्तिक १, २०८० मंगलबार राति गाजाको अल-अहली अल-अरबी बाप्टिस्ट अस्पतालमा रकेट आक्रमण भएको छ । उक्त आक्रमणमा परि ५ सय जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । अस्पतालमा युद्धबाट विस्थापित भएकाहरूले आश्रय लिइरहेका थिए ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर बुधबार, कात्तिक १, २०८० नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा रहेको छ ।

इजरायलबाट उद्धार गरिएका १८ नेपाली दिल्लीमा, युद्धमा मारिएकामध्ये ५ जनाको शव तीन दिनभित्र नेपाल ल्याइने बुधबार, कात्तिक १, २०८० इजरायलबाट थप १८ नेपालीको उद्धार गरिएको छ । भारत सरकारद्वारा उद्धार गरिएका उनीहरू मंगलबार मध्यराति दिल्ली आइपुगेका हुन् । मङ्गलबार राति भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विमानबाट १८ जना नेपाली नागरिकलाई पनि पठाएको तेलअबिबस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा बुधबार, कात्तिक १, २०८० जलवायु परिवर्तन र हिमाली क्षेत्रको तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै जोमसोम गएका हुन् ।

आज वर्षा र हिमपातको सम्भावना बुधबार, कात्तिक १, २०८० देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्रिदेशीय टी–२० शृङ्खला आजदेखि, पहिलो खेलमा नेपालले यूएईको सामना गर्दै बुधबार, कात्तिक १, २०८० शृङ्खलाको पहिलो खेलमा नेपाली टोली बुधबार दिउँसो १ बजे यूएईसँग खेल्नेछ । खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । शृङ्खलाको लिगका शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । शृङ्खलाको फाइनल कात्तिक १० गते किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । अन्य खेलहरू मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने बुधबार, कात्तिक १, २०८० अहिलेसम्मको राजनीतिक परिस्थिति र दलहरूको प्रतिक्रियाको आधारमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने प्रस्ट देखिन्छ । उनलाई नेकपा एमालेसँगै माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतले पनि विश्वासको मत दिने बताइसकेका छन् । कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ सांसद र कांग्रेसका विद्रोही ८ सांसदले समर्थन गरेका थिए ।

दक्षिण अफ्रिकाविरुद्ध नेदरल्याण्ड्सको ऐतिहासिक जित बुधबार, कात्तिक १, २०८० नेदरल्याण्ड्सले एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । मंगलबार भारतको धर्मशालामा भएको खेलमा नेदरल्याण्ड्स ३८ रनले विजयी बनेको हो । यसअघि गत टी–२० विश्वकपमा पनि नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य बुधबार, कात्तिक १, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको छ । थापाथलीस्थित नर्भिक हस्पिटलले मंगलबार साँझ विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको अवस्था सामान्य रहेको जनाएको हो ।

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै बुधबार, कात्तिक १, २०८० नवरात्रको चौथो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

कोशीमा एमालेको ५ वटा मन्त्रालयमा दाबी मंगलबार, असोज ३०, २०८० कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसको शेखर कोइराला समूहका ‘विद्रोही’ केदार कार्कीलाई समर्थन गरेको नेकपा एमालेले सरकारमा ५ वटा मन्त्रालय दाबी गरेको छ । ९ सदस्यीय मन्त्रिपरिषद्मा एमालेले ५ वटा मन्त्रालय मागेको हो । मुख्यमन्त्री कार्कीले दुई दिनअघि शपथ ग्रहण गरेलगत्तै एकजना कांग्रेसबाट र अर्का एकजना एमालेबाट मन्त्री नियुक्त गरिसकेका...

लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा मंगलबार, असोज ३०, २०८० मनिष डाँगीले गरेको एक मात्र गोल मदतमा लाओसलाई पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।लाओसको मैदानमा मंगलबार भएको दोस्रो लेगको खेलमा नेपालले लाओसलाई १-० ले पराजित गर्दै समग्रमा २-१ ले विजयी भएको हो ।









