News Griha :: न्यूजगृह
लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

काठमाडौं— मनिष डाँगीले गरेको एक मात्र गोल मदतमा लाओसलाई पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

लाओसको मैदानमा मंगलबार भएको दोस्रो लेगको खेलमा नेपालले लाओसलाई १-० ले पराजित गर्दै समग्रमा २-१ ले विजयी भएको हो ।

यसअघि बिहीबार काठमाडौंको दशरथ रंगशालमा भएको पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । नेपाली फुटबलकै भविष्यसँग जोडिएको दोस्रो लेगको खेलमा प्राप्त जितले नेपाली फुटबलमा ठूलो राहत मिल्नेछ ।

अब नेपालले छनोटको दोस्रो चरणमा समूह जी मा युएई, बहराइन र यमनसँग खेल्नेछ । यसअघि नै भएको दोस्रो चरणको ड्र मा यस समूहमा युएई र बहराइन थिए ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १९:४६
Weather Update