News Griha :: न्यूजगृह
मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० बेपत्ता
मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० बेपत्ता यसपटकको मनसुनका समयमा देशभर विपदजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन् ।
मुद्रा सञ्चितिले एक वर्षको आयात धान्ने
मुद्रा सञ्चितिले एक वर्षको आयात धान्ने  चालु आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । त्यस्तै, मुलुकको विदेशी मुद्रा सञ्चितिले एक वर्षको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ ।
मूल्यवृद्धि आठ दशमलव १९ प्रतिशत पुग्यो
मूल्यवृद्धि आठ दशमलव १९ प्रतिशत पुग्यो नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको स्थितिअनुसार गत भदौ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति आठ दशमलव १९ प्रतिशत पुगेको छ ।
दुई महिनामा दुई खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो
दुई महिनामा दुई खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ ।नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको गत भदौ मसान्तसम्मको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव एक प्रतिशतले बढेर दुई खर्ब २८ अर्ब ३७ करोड...
भोटको विषयमा रवि र ओलीबीच सवाल–जवाफ
भोटको विषयमा रवि र ओलीबीच सवाल–जवाफ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भोटको विषयमा सवाल—जवाफ भएको छ ।रास्वपालाई लक्षित गर्दै एमाले अध्यक्ष ओलीले सोमबार एक कार्यक्रममा नीति, सिद्धान्त नभएका दललाई मत दिने जनता कस्ता भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफ सभापति लामिछानेले फर्काएका छन् ।
राष्ट्रसंघका महासचिव गुटेरेस कात्तिक १२ मा नेपाल आउने
राष्ट्रसंघका महासचिव गुटेरेस कात्तिक १२ मा नेपाल आउने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी कात्तिक १२ गते नेपाल आउने भएका छन् ।
नागरिकता पाएपछि कुल आचार्यले भने—नेपालको विकासमा यो कोसेढुंगा सावित हुनेछ
नागरिकता पाएपछि कुल आचार्यले भने—नेपालको विकासमा यो कोसेढुंगा सावित हुनेछ सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । नागरिकता प्रदान गर्ने अभियानको सुरुमै नागरिकता पाएपछि एनआरएनका अध्यक्ष कुल आचार्यले अत्यन्तै सकारात्मक कार्यको थालनी भएको प्रतिक्रिया दिएका छन् ।उनले नेपालको विकासमा संसारभरका नेपालीलाई जोड्ने बाटो खुलेको र त्यो कोसेढुंगा सावित हुने बताए ।
चिनीको हाहाकार कहिले सम्म?
चिनीको हाहाकार कहिले सम्म? अहिले देशभर चिनीको हाहाकार छ । दसैँ, तिहारजस्ता नेपालीहरूको मुख्य चाडपर्वमा बजारमा भइरहेको चिनीको अभावप्रति सरकारले ध्यान नदिएको उपभोक्ताको गुनासो छ । सरकार भने बजारमा देखिएको चिनीको अभाव कम गर्ने प्रयास जारी रहेको दाबी गर्छ । 
बाजुरामा तीन महिनामा बाढीपहिरोमा परी पाँच जनाको मृत्यु
बाजुरामा तीन महिनामा बाढीपहिरोमा परी पाँच जनाको मृत्यु मौसम बदलीसँगै भएको दैवी बिपत्तिमा विगत तीन महिनामा पाँच जनाको मृत्यु भएको छ ।सोमबार जिल्ला प्रहरी कार्यालय बाजुराले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले साे कुरा  जनाएका हुन् ।विवरणअनुसार बाढीपहिरोमा परेर दुई जनाको मृत्यु भएको थियो भने चट्याङ लागेर, लेक लागेर र करेन्ट लागेर...
गैरआवासीय नेपालीको विश्व सम्मेलन सुरु, राष्ट्रपतिले गरे उद्घाटन
गैरआवासीय नेपालीको विश्व सम्मेलन सुरु, राष्ट्रपतिले गरे उद्घाटन गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ विश्व सम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलन आजदेखि  सुरु भएको छ ।
संक्रमणकाल लम्बिँदा चुनौती देखापर्‍यो : राष्ट्रपति पौडेल
संक्रमणकाल लम्बिँदा चुनौती देखापर्‍यो : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको प्रशासनिक पुनसंरचना सँगसँगै राज्यको चरित्र र जीवनपद्धतिको पुनसंरचना भने गर्न नसकिएको बताएका छन् ।
कोशी प्रदेश पुनः नामांकन संघर्ष समितिले गरेको बन्दले जनजीवन प्रभावित
कोशी प्रदेश पुनः नामांकन संघर्ष समितिले गरेको बन्दले जनजीवन प्रभावित कोशी प्रदेश पुनः नामांकन संघर्ष समितिले आह्वान गरेको बन्दका कारण धनकुटामा जनजीवन प्रभावित बनेको छ ।बन्दका कारण सवारीसाधन चल्न नपाउँदा यात्रु समस्यामा परेका छन् । गन्तव्यका लागि हिँडेका यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।
Weather Update