गैरआवासीय नेपालीको विश्व सम्मेलन सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ विश्व सम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलन आजदेखि सुरु भएको छ ।
‘ज्ञान र रुपान्तरण, समृद्धिको आधार’ नारासहित सुरु भएको विश्व सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्न एनआरएनएको महत्वपूर्ण भूमिका रहेको बताए ।
विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली भएको उनको भनाइ थियो ।
मुलुकमा राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धिको बाटो समात्न ढिला भएको भन्दै उनले संक्रमणकाल लामो समयसम्म रहँदा आर्थिक समृद्धिका विषय ओझेलमा परेको बताए ।
प्रशासनिक पुनःसंरचना भए पनि शासकीय शैली अझै पनि परिवर्तन नसकेको उनको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८० १३:२६













