दसैँमा घर जाने यात्रुलाई लक्षित गरी नयाँ बसपार्कमा राखियो ‘हेल्थ डेक्स’ मंगलबार, असोज ३०, २०८०

शिक्षा विधेयक : ईसीडी शिक्षकको पारिश्रमिक, सेवा, सुविधा र शर्त सम्बन्धी के भनिएको छ ? मंगलबार, असोज ३०, २०८० संसदीय समितिमा पुगेको विद्यालय शिक्षा विधेयक २०८० मा सत्तारुढका सांसदले २५ बुँदे संशोधन प्रस्ताव दर्ता गरेका छन् ।सरकारले शिक्षकसँग गरेको सहमतिको बुँदा समेटेर नेकपा माओवादी केन्द्रका सांसदहरू वर्षमान पुन र माधव सापकोटालगायतले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

प्रधानमन्त्री दाहालबाट गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरु मंगलबार, असोज ३०, २०८० सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गरे ।

शिक्षकका समस्या चलचित्र ‘कौसीद’ मा मंगलबार, असोज ३०, २०८० केही समय अगाडि काठमाडौंमा मिटरब्याजको समस्याबाट पीडित र सार्वजनिक विद्यालयका शिक्षकले जनजीविका र सामाजिक सुरक्षाको विषय जोडेर आन्दोलन गरे । यी दुई आन्दोलनको विषयलाई चलचित्रको पर्दामा देखिएको छ । यही मर्ममा आधारित रहेर कुमार भाष्करले निर्देशन गरेको चलचित्र ‘कौसीद’ गत शुक्रबारदेखि प्रदर्शनरत छ ।

गैरआवासीय नेपालीलाई आजबाट नागरिकता मंगलबार, असोज ३०, २०८० सरकारले मङ्गलबारबाट गैरआवासीय नेपाल (एनआरएन) लाई नेपाली नागरिकता दिँदै छ। विश्व सम्मेलनको सन्दर्भ पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता वितरण सुरु गर्न लागेका हुन् ।

प्रसिद्ध तीर्थस्थल पाथिभरामा श्रद्धालुहरूको भीड मंगलबार, असोज ३०, २०८० बडादसैँ सुरु भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध पाथिभरा धाममा दर्शन र पूजाअर्चना गर्न जानेको संख्या उल्लेख्य रुपमा बढेको छ ।पाथिभरामा अरु बेला पनि तीर्थालुहरू पुग्ने गरेका छन् । खासगरी दसैँमा भगवतीको पूजा अर्चना गरिने भएकाले यो बेला धेरै श्रद्धालु पाथिभरा पुग्छन् ।

गृहमन्त्री श्रेष्ठ बेइजिङमा मंगलबार, असोज ३०, २०८० उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गएराति चीनको राजधानी बेइजिङ पुगेका छन् । बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको पर्यावरण तथा वातावरण मन्त्रालयका उच्च अधिकारी चू यूउनले स्वागत गरे ।

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा मंगलबार, असोज ३०, २०८० जसअनुसार मंगलबार अमेरिकी अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसा कायम छ । एक अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ५५ नेपाली रुपैयाँ पुगेको छ जुन अहिलेसम्मकै उच्च कीर्तिमान हो ।

असोज अन्तिम दिन यस्तो छ तपाईंको राशिफल मंगलबार, असोज ३०, २०८० असोज ३० गते मंगलबार । असोज शुक्ल तृतिया । पञ्चाङ्ग प्रीति तैतल विशाखा । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस ।

फिफा विश्वकप छनोट : नेपालले लाओससँग खेल्दै मंगलबार, असोज ३०, २०८० फिफा विश्वकप छनोट अन्तरगत पहिलो चरणको दोस्रो लेगमा आज नेपालले लाओससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे लाओसको घरेलु मैदानमा सुरु हुनेछ ।

देशका अधिकांश स्थानमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना मंगलबार, असोज ३०, २०८० जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका थोरै र तराईका एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना...

पोखरा विमानस्थल नेपालको लागि ऋणको बोझ ! मंगलबार, असोज ३०, २०८० अमेरिकाको प्रतिष्ठित अखबार न्यूयोर्क टाइम्सले पोखरा विमानस्थल चीनका लागि कूटनीतिक विजय र नेपालका लागि ऋणको बोझ भएको टिप्पणी गरेको छ । खोजमूलक समाचार सामग्रीमा चिनियाँ लगानीमा चिनियाँ कम्पनीले नै निर्माण गरेको पोखरा विमानस्थल महङ्गो भएको दाबी गरिएको छ । पोखरा विमानस्थललाई चिनियाँ पक्षको जित र नेपालका लागि ऋणको बोझ भएको...

एनआरएनएको एघारौँ महाधिवेशन आजबाट, राष्ट्रपतिले उद्घाटन गर्दै मंगलबार, असोज ३०, २०८० एनआरएनएको अध्यक्ष पदका लागि चार आकाङ्क्षीले प्रतिस्पर्धा गर्दै छन् । बद्री केसी र रविना थापा, महेश श्रेष्ठ र आरके शर्माले अध्यक्षमा उम्मेदवारी मनोनयन गरेका छन् । महाधिवेशनमा कूल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ ।









