काठमाडौं — नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार मंगलबार अमेरिकी अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसा कायम छ । एक अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ५५ नेपाली रुपैयाँ पुगेको छ जुन अहिलेसम्मकै उच्च कीर्तिमान हो ।
सोमबारसम्म अमेरिकी डलरको भाउ स्थिर थियो । सोमबार १३२ रुपैयाँ ९३ पैसामा खरिद र १३३ रुपैयाँ ५३ पैसामा बिक्री भइरहेको थियो । डलरको भाउ तलमाथि हुनुमा नेपालको आन्तरिक नीतिको खासै कुनै योगदान छैन । बरु यसको सम्बन्ध अमेरिका र भारतको अर्थतन्त्रसँग छ।
डलरको भाउ बढ्दा नेपालजस्तो आयातमा निर्भर देशलाई सबभन्दा ठूलो मार महँगीमा पर्न सक्छ ।
दाल र तरकारीदेखि इन्धन अनि लुगाफाटासम्म सबै वस्तुको भाउ बढ्छ। चाहे विदेश पढ्न जाने हो वा घुम्न जाने हो हवाईजहाजको टिकटदेखि सबै कुरा महँगिन्छन् ।
मंगलबार युरोको भाउ पनि सोमबारको तुलनामा बढेको छ । मंगलबार युरो एकको खरिद दर १४० रुपैयाँ ०४ पैसा र बिक्री दर १४० रुपैयाँ ६७ पैसा पुगेको छ ।
यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५९ पैसा र बिक्री दर १६२ रुपैयाँ ३२ पैसा तोकिएको छ भने, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
USD (U.S. Dollar) | 1 | 132.95 | 133.55 |
EUR (European Euro) | 1 | 140.04 | 140.67 |
GBP (UK Pound Sterling) | 1 | 161.59 | 162.32 |
CHF (Swiss Franc) | 1 | 147.26 | 147.92 |
AUD (Australian Dollar) | 1 | 84.08 | 84.46 |
CAD (Canadian Dollar) | 1 | 97.50 | 97.94 |
SGD (Singapore Dollar) | 1 | 97.07 | 97.51 |
JPY (Japanese Yen) | 10 | 8.89 | 8.93 |
CNY (Chinese Yuan) | 1 | 18.18 | 18.26 |
SAR (Saudi Arabian Riyal) | 1 | 35.44 | 35.60 |
QAR (Qatari Riyal) | 1 | 36.45 | 36.61 |
THB (Thai Baht) | 1 | 3.67 | 3.68 |
AED (UAE Dirham) | 1 | 36.20 | 36.36 |
MYR (Malaysian Ringgit) | 1 | 28.07 | 28.20 |
KRW (South Korean Won) | 100 | 9.81 | 9.86 |
SEK (Swedish Kroner) | 1 | 12.12 | 12.18 |
DKK (Danish Kroner) | 1 | 18.77 | 18.86 |
HKD (Hong Kong Dollar) | 1 | 17.01 | 17.08 |
KWD (Kuwaity Dinar) | 1 | 429.70 | 431.64 |
BHD (Bahrain Dinar) | 1 | 352.64 | 354.23 |