News Griha :: न्यूजगृह
गैरआवासीय नेपालीलाई आजबाट नागरिकता

काठमाडौं — सरकारले मङ्गलबारबाट गैरआवासीय नेपाल (एनआरएन) लाई नेपाली नागरिकता दिँदै छ। विश्व सम्मेलनको सन्दर्भ पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता वितरण सुरु गर्न लागेका हुन् ।

एनआरएनए अध्यक्ष कुल आचार्यलाई पहिलो गैरआवासीय नेपाली नागरिकता दिन लागिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

अध्यक्ष आचार्यसँगै एनआरएनएका पदाधिकारीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिने छ । गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको छ । नागरिकता प्राप्त गरेपछि उनीहरूले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने छ ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०८:३१
Weather Update