News Griha :: न्यूजगृह
घुस लिएको आरोपमा नापीका कर्मचारीसहित दुई पक्राउ
घुस लिएको आरोपमा नापीका कर्मचारीसहित दुई पक्राउ झापा सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार पक्राउ गरेको छ ।
नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।
नेपाली सेनामा पूर्वलडाकु भावी प्रधानसेनापति बन्दै छन् ?, के भन्छन् रक्षामन्त्री ?
नेपाली सेनामा पूर्वलडाकु भावी प्रधानसेनापति बन्दै छन् ?, के भन्छन् रक्षामन्त्री ? सोमबार काठमाडौैंमा आयोजित ‘नेपालमा इन्टरनेट र मिथ्या सूचना, लोकतन्त्र र प्रेस स्वतन्त्रतामा चुनौती’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहायक रथी यमबहादुर अधिकारीलाई भावी प्रधानसेनापति बनाउने विषयलाई जोडेर भ्रम छर्ने काम भएको भन्दै नेपाली सेनाको ऐन र विधान भन्दा बाहिर गएर सरकारले कुनै काम नगर्ने बताएका हुन् ।
पर्यटनमन्त्रीद्वारा विमानस्थलमा छड्के, न्यूनतम हवाई भाडा लिन आग्रह
पर्यटनमन्त्रीद्वारा विमानस्थलमा छड्के, न्यूनतम हवाई भाडा लिन आग्रह उनले आन्तरिक विमानस्थलमा सञ्चालनमा रहेका पसलहरूले महँगो मूल्य लिएको गुनासो आएपछि अनुगमनका लागि पुगेका हुन् । टर्मिनलमा रहेका पसलमा राखिएका सामानको मूल्य अत्यधिक भएको र हवाई टिकटमा पनि बढी रकम लिइएको गुनासो आएपछि मन्त्री किराती अनुगमनका लागि पुगेका हुन् ।
तीन दिनमा एक लाख ५० हजार जनाले छाडे काठमाडौं
तीन दिनमा एक लाख ५० हजार जनाले छाडे काठमाडौं नेपालीहरूको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै आधिकांश विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर जान थालेका हुन् ।
दसैँलाई नयाँ नोट साट्न बैंकमा सास्ती
दसैँलाई नयाँ नोट साट्न बैंकमा सास्ती नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट वितरण सुरु गरेसँगै बैंकमा सर्वसाधारणको भीड लागेको छ । सर्वसाधारणले बालुवाटारस्थित केन्द्रीय बैंकसहित विभिन्न वित्तीय संस्थाबाट नयाँ नोट लिइरहेका छन् । तर घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता पनि छ । 
गैँडाकोटका किसान सामूहिक फूल खेतीमा, डेढ लाख खर्च गरेर पाँच लाख आम्दानी
गैँडाकोटका किसान सामूहिक फूल खेतीमा, डेढ लाख खर्च गरेर पाँच लाख आम्दानी नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–२ मा दिदीबहिनी किसान समूहले पाँच वर्षदेखि सामूहिक फूलखेती गर्दै आएका छन् । स्थानीय महिला समूहमा आवद्ध भई २०७६ सालदेखि सामूहिक फूलखेती गर्दै आएका हुन् ।
पर्वतको बिहादीमा चितुवा मृत फेला
पर्वतको बिहादीमा चितुवा मृत फेला पर्वतको विहादी गाउँपालिका–१ बाच्छामा मृत अवस्थामा चितुवा भेटिएको छ । आइतबार साँझ बाच्छाको गुणादीमा चितुवा मृत अवस्थामा भेटिएको हो । 
गाउँमा युवाको सङ्ख्या कम हुन थालेपछि हराउँदै चर्खेपिङ
गाउँमा युवाको सङ्ख्या कम हुन थालेपछि हराउँदै चर्खेपिङ गाउँका युवा जम्मा भएर जङ्गलमा काठ काटेर चर्खेपिङ बनाउँदा निकै रमाइलो हुने भए पनि पछिल्लो समय गाउँमा युवाको सङ्ख्या कम भएपछि पिङ हाल्ने चलन पनि हराउँदै गएको हो । स्थानीय तहले चर्खेपिङ संरक्षण नगरे भविष्यमा चर्खेपिङ देख्न नपाउने अवस्था आउन सक्छ ।
नेप्से १८५१ अंकमा झर्‍यो
नेप्से १८५१ अंकमा झर्‍यो धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अंकले ओरालो लागेर एक हजार आठ सय ५१ मा सीमित भएको छ । 
प्रधानमन्त्री प्रचण्डलाई देखाइयो कैलालीमा कालोझण्डा
प्रधानमन्त्री प्रचण्डलाई देखाइयो कैलालीमा कालोझण्डा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार कैलालीमा कालोझण्डा देखाइएको छ ।
पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा
पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा जिल्ला प्रहरी परिसर काठमाडौंले पठाओ र इनड्रइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही गरेको छ ।
Weather Update