News Griha :: न्यूजगृह
कञ्चनपुरमा जंगली हात्ती नियन्त्रण गर्न स्वचालित बत्ती जडान
कञ्चनपुरमा जंगली हात्ती नियन्त्रण गर्न स्वचालित बत्ती जडान जंगली हात्ती नियन्त्रण गर्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका चार वडामा स्वचालित बत्ती जडान कार्य सुरु गरिएको छ ।हात्तीको बथानले खेतबारीमा छिरेर धान, उखुलगायत बालीमा नोक्सानी पुर्‍याउन थालेपछि बत्ती जडान कार्य सुरु गरिएको हो ।
ढुंगाले लागेर जलविद्युत् आयोजनाका एक कामदारको मृत्यु
ढुंगाले लागेर जलविद्युत् आयोजनाका एक कामदारको मृत्यु  पाँचथरमा ढुंगाले लागेर जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको मृत्यु भएको छ ।जिल्लाको हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत कामदार इलामको देउमाई नगरपालिका–९ का २५ वर्षीय भुपाल मगरको ढुंगाले लागेर मृत्यु भएको हो । 
सबै दलले देश र जनतालाई केन्द्रमा राख्न नसक्दा राजनीतिक अस्थिरता बढ्यो : अध्यक्ष भट्टराई
सबै दलले देश र जनतालाई केन्द्रमा राख्न नसक्दा राजनीतिक अस्थिरता बढ्यो : अध्यक्ष भट्टराई नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले दलहरुले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् । 
च्याङ्ग्राको मूल्य २५ हजारदेखि ५० हजारसम्म
च्याङ्ग्राको मूल्य २५ हजारदेखि ५० हजारसम्म सप्तमीसम्म ल्याएको च्याङ्ग्रा सबै बिक्री हुनेमा उनी विश्वस्त छन् ।  यहाँको व्यापारबाट भएको आम्दानीले बझाङ दसैँ धुमधामले मनाउँने उनको योजना छ ।‘सप्तमीसम्म सबै बिक्छ । यसबाट दुई लाख जति नाफा होला की भन्ने सोचेको छु । के थाहा घाटा पनि हुनसक्छ’, उनले भने, ‘अष्टमीतिर घर फर्कने अनि दसैँ मनाउने...
चट्याङबाट जोगिन पूर्वतयारी गर्न स्वास्थ्य मन्त्रालयको अपिल
चट्याङबाट जोगिन पूर्वतयारी गर्न स्वास्थ्य मन्त्रालयको अपिल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई चट्याङबाट सुरक्षित राख्नुका साथै चट्याङबाट हुने घाइतेको उचित व्यवस्थापनका लागि पूर्वतयारी गर्न आह्वान गरेको छ ।
कोशी प्रदेश सभा बैठक आह्वान
कोशी प्रदेश सभा बैठक आह्वान कोशी प्रदेश सभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ ।प्रदेश सभा सचिवालयले सोमबार एक सूचना जारी गर्दै कात्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो ।
सोमबार घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
सोमबार घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
मुलुकको परिवर्तनका लागि योगदान गर्ने सबै नेताको योगदानलाई सम्मान गर्छौं : सभापति लामिछाने
मुलुकको परिवर्तनका लागि योगदान गर्ने सबै नेताको योगदानलाई सम्मान गर्छौं : सभापति लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीले मुलुकको परिवर्तनका लागि योगदान गर्ने सबै नेताको योगदानप्रति उच्च सम्मान र कदर गर्ने बताएका छन् ।
बैतडीमा असिनापानीले बालीनाली सखाप
बैतडीमा असिनापानीले बालीनाली सखाप बेमौसमी वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको छ । आइतबार बेलुका परेको असिनापानीले जिल्लाको डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिकासहित पुर्चौडी नगरपालिकालगायतमा बाली नष्ट गरेको हो । असिनापानीले पाकेको धान, भटमास, कोदो, र तरकारी नष्ट गरेको डिलाशैनी–७ का मदन धामीले जानकारी दिए ।
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस  बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
हामीले न्यूनतम तलब पनि पाएनौं : ईसीडी शिक्षक 
हामीले न्यूनतम तलब पनि पाएनौं : ईसीडी शिक्षक  सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास शिक्षकले सरकारले तोकेको न्यूनतम तलब पनि नपाएको गुनासो गरेका छन् । संघीय सरकारले न्यूनतम १७ हजार रुपैयाँ तोके पनि सो तलब नपाएको ईसीडी शिक्षकले गुनासो गरेका हुन् ।
सामाजिक विभेदविरुद्ध रास्वपा निर्मम हुन्छ : रवि लामिछाने
सामाजिक विभेदविरुद्ध रास्वपा निर्मम हुन्छ : रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सामाजिक विभेदविरुद्ध सतिसालझै उभिने बताएका छन् । 
Weather Update