News Griha :: न्यूजगृह
वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई उच्च महत्त्व दिएको छ : उपप्रधानमन्त्री खड्का 

काठमाडौं— उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई उच्च महत्व दिएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ, राजनीतिशास्त्र अध्ययन संघ र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा संयुक्तरुपमा सोमबार आयोजित ‘नेपालमा इन्टरनेट र मित्थ्या सूचना : लोकतन्त्र र प्रेस स्वन्तत्रामा चुनौती’ विषयक कार्यक्रममा उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण तथा प्रवर्द्धन गर्न संवैधानिक र कानुनी प्रबन्ध गरिएको बताए । 

‘नेपालको संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रताको उल्लेख हुनु र मौलिक हकअन्तर्गत सञ्चार र सूचनाको हकलाई प्राथमिकता साथ व्यवस्था गरिनुले राज्यले प्रेस स्वतन्त्रतालाई उच्च महत्व दिएको छ भन्ने स्पष्ट हुन्छ, यी हक अधिकारको सही, सन्तुलित, निष्पक्ष र जिम्मेवारीपूर्ण प्रयोगमा हामी सबै प्रतिबद्ध हुनुपर्छ’, उपप्रधानमन्त्री खड्काले भने ।

उनले संविधानमा उल्लिखित पूर्ण प्रेस स्वतन्त्रताको अवधारणालाई प्रभावकारी तवरमा व्यवहारमा उतार्न आवश्यक कानुनी र राजनीतिक वातावरण निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे  ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १३:०३
Weather Update