रास्वपाले आजदेखि ‘नीति मन्थन’ कार्यक्रम गर्ने सोमबार, असोज २९, २०८०

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणीको आराधना गरिँदै सोमबार, असोज २९, २०८० तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो । यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन् । कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ ।

विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्ड अफगानिस्तानसँग पराजित सोमबार, असोज २९, २०८० भारतको दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा आइतबार टस हारेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८४ रनको योगफल बनायो । दुई सय ८५ रनको विजय लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डको पारी दुई सय १५ रनमा समेटियो ।

इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव प्राप्त आइतबार, असोज २८, २०८० इजरायलमा हमासको आक्रममणमा ज्यान गुमाएका १० जना विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ । ज्यान गुमाएका १० मध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव इजरायलस्थित नेपाली दूतावासले प्राप्त गरेको हो ।

गठबन्धन सरकार नढल्ने नेता नेपालको दाबी आइतबार, असोज २८, २०८० वीरेन्द्रनगरमा आइतबार आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै नेपालले गठबन्धन सरकार ढाल्न धेरै प्रयास भइरहेको तर त्यो सम्भव नहुने बताए । उनले भने, 'कोशी प्रदेशको मुद्दालाई लिएर सरकार ढल्छ भन्ने कसैले सोचेको छ भने त्यो भ्रम हो । गठबन्धन सरकार ढाल्न कसैले सक्दैन ।'

बडादसैँमा पनि मुद्दा सुनुवाइ हुने आइतबार, असोज २८, २०८० सर्वोच्च अदालतले आइतबार जारी गरेको सूचनाअनुसार आजैदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहे पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहनेछ ।

पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँ घट्यो आइतबार, असोज २८, २०८० नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ ।

पूर्वअर्थमन्त्री पौडेल भन्छन्— अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न सकेन आइतबार, असोज २८, २०८० नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न नसकेको आरोप लगाएका छन् । बुटवलमा आइतबार पत्रकारसँग पूर्वअर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पौडेलले मुलुकको अर्थतन्त्रको चिरफार गर्नुपर्नेमा जोड दिए ।

आरती साहलाई न्याय चाहियो भन्दै वृहत नागरिक आन्दोलन सडकमा आइतबार, असोज २८, २०८० वृहत नागरिक आन्दोलनले मृतक आरती साहको न्याय माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आइतबार काठमाडौंको माइतीघरमा मृतक साहको हत्या भएको भन्दै अपराधीलाई कारबाहीको माग गर्दै विरोध प्रर्दशन गरेका हुन् ।

नयाँ पार्टीमासमेत देश बनाउने भिजन भएन : एमाले उपाध्यक्ष पाण्डे आइतबार, असोज २८, २०८० नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले, अहिले सरकार परिवर्तन कुनै ठुलो कुरा नभएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकार परिवर्तन गर्नुभन्दा धेरै गुना गारो अर्थतन्त्र परिवर्तन गर्नु भएको बताए ।

विश्वकप क्रिकेटः जितका लागि इङ्ग्ल्याण्डले पायो २८५ रनको लक्ष्य आइतबार, असोज २८, २०८० भारतमा जारी विश्वकप क्रिकेट प्रतियोगितामा आइतबार साविक विजेता इङ्ग्ल्याण्ड र अफगानिस्तानबीच खेल भइरहेको छ ।दिल्लीको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले अन्तिम एक बलको खेल बाँकी रहँदा सबै विकेट गुमाएर २८४ रन बनाएको छ ।

नेपालबाट बाहिरियो मनसुन आइतबार, असोज २८, २०८० नेपालबाट यो वर्षको मनसुन प्रणाली आइतबार (असोज २८ गते) बाहिरिएको छ । नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यायालयलाई आम नागरिकको आस्थाको केन्द्रमा रूपान्तरण गर्न प्रधानन्यायाधीश श्रेष्ठको निर्देशन आइतबार, असोज २८, २०८० प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयप्रति जनविश्वास बढाउन सामूहिक प्रतिबद्धता जरुरी भएको बताएका छन् । उच्च अदालत पाटनको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै उनले न्यायालयप्रतिको आस्था वृद्धि गर्न न्याय सेवा प्रवाह छिटोछरितो हुनुपर्नेमा जोड दिए ।









