इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव प्राप्त

काठमाडौं — इजरायलमा हमासको आक्रममणमा ज्यान गुमाएका १० जना विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ ।
ज्यान गुमाएका १० मध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव इजरायलस्थित नेपाली दूतावासले प्राप्त गरेको हो ।
सिडट निजेभ एग्रिकल्चर सेन्टर अन्तर्गत किब्बुज अलुमिममा प्रशिक्षणरत विद्यार्थीहरूमाथि आक्रमण हुँदा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । बाँकी ५ जनाको शव प्राप्त हुने क्रममा रहेको दूतावासले जनाएको छ ।
प्राप्त शवहरू ढिला नगरी नेपाल पठाउन इजरायल सरकारसँग समन्वय भइरहेको दूतावासले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २८, २०८० २१:०१