आरती साहलाई न्याय चाहियो भन्दै वृहत नागरिक आन्दोलन सडकमा

काठमाडौं — वृहत नागरिक आन्दोलनले मृतक आरती साहको न्याय माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आइतबार काठमाडौंको माइतीघरमा मृतक साहको हत्या भएको भन्दै अपराधीलाई कारबाहीको माग गर्दै विरोध प्रर्दशन गरेका हुन् ।
विरोध प्रदर्शनमा वृहत नागरिक आन्दोलनका अभियन्ता सञ्जीव उप्रेतीले आरतीको परिवार न्यायको माग गर्दै १२२ दिन देखि धर्ना बसिरहँदा पनि सरकारले वेवास्ता गरेको भन्दै पीडितहरूको न्यायप्रप्तिको आन्दोलनमा ऐक्यवद्धता जनाउन आफूहरू आन्दोलनमा सहभागी भएको बताए ।
उनले जबसम्म पीडितहरूले न्याय पाउदैनन् तबसम्म आफूहरूले पीडितलाई सघाइरहने बताए । विगत १२२ दिनदेखि मृतक आरती साहको परिवार न्याय माग्दै माइतीघर मण्डलामा धर्ना बसी रहेका छन् ।



प्रकाशित मिति: आइतबार, असोज २८, २०८० १९:०६













