News Griha :: न्यूजगृह
नवरात्र आरम्भसँगै पाथीभरामा भक्तजनको घुइँचो
नवरात्र आरम्भसँगै पाथीभरामा भक्तजनको घुइँचो  नवरात्र आरम्भ भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको आगमन सुरु भएको छ । हरेक वर्ष नवरात्रभर भक्तजनको घुइँचो लाग्ने गर्दछ ।वार्षिक लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी भक्तजन आउने यस मन्दिरमा विशेष गरी दसैँको समयमा सबै भन्दा धेरै भक्तजन आउने गरेका छन् । नवरात्रको पहिलो दिन सयौँको सङ्ख्यामा भक्तजन...
सामाजिक सञ्जालका सूचना सुरक्षाका लागि चुनौती : प्रहरी प्रवक्ता कडायत
सामाजिक सञ्जालका सूचना सुरक्षाका लागि चुनौती : प्रहरी प्रवक्ता कडायत नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले दसैँमा सामाजिक सञ्जालमार्फत दिइने व्यक्तिगत जानकारीले सुरक्षा चुनौती बढेको बताएका छन् ।आइतबार आमनागरिकले प्रयोग गर्ने डिजिटल प्रविधि र त्यसमार्फत जानअन्जानमा हुने निजी सूचनाको सार्वजनिकरणले प्रहरीलाई सुरक्षा चुनौती बढेको बताएका हुन् ।
दसैँमा यातायातको सहज प्रबन्ध गर्न संसदीय सभापति खतिवडाको निर्देशन
दसैँमा यातायातको सहज प्रबन्ध गर्न संसदीय सभापति खतिवडाको निर्देशन संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दसैँको तयारीका लागि विभिन्न ठाउँमा जानुपर्ने यात्रुका लागि यातायातको सहज व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।
गाउँमा बस पुगेपछि पूजा गरेर स्वागत
गाउँमा बस पुगेपछि पूजा गरेर स्वागत आज बडादसैँको घटस्थापना । धेरै मानिसलाई घटस्थापना गर्ने, पूजा कोठा सिँगार्ने, जमरा राख्ने कामको चटारो भयो । अरूलाई जमरा राख्ने चटारोको बेला रामेछापको खाँडादेवी गाउँपालिका–८ गा गलबासीलाई घटस्थापनाको चटारोसँगै अर्को चटारो पनि थपियो ।गाउँमा आएको बसलाई पूजा गर्ने, बसमा आएका चालक, सहचालकलाई खादा माला लगाएर स्वागत गर्ने चटारो थियो...
इजरायलमा बेपत्ता विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय समुदायलाई परराष्ट्रमन्त्री साउदको आग्रह
इजरायलमा बेपत्ता विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय समुदायलाई परराष्ट्रमन्त्री साउदको आग्रह परराष्ट्रमन्त्री नारायणप्रकाश साउद एनपीले इजरायलमा चलिरहेको युद्धमा बेपत्ता रहेका नेपाली विद्यार्थी विपिन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक मिसनसँग आग्रह गरेका छन् ।आइतबार ललितपुरको भैंसेपाटीस्थित निवासमा अन्तर्राष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री साउदले बेपत्ता विद्यार्थी जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोग एवम् मिसनसँग...
खसी र बोकाको स्वास्थ्य परीक्षणका लागि पशु चिकित्सकसहितको टोली परिचालन गरिने
खसी र बोकाको स्वास्थ्य परीक्षणका लागि पशु चिकित्सकसहितको टोली परिचालन गरिने पशुसेवा विभागले काठमाडौं उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गर्ने भएको छ । 
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ 
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ  कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।आइतबार दिउँसो प्रदेश प्रमुख पर्शुराम खापुङ्गले कार्कीलाई शपथ खुवाएका हुन् ।
मूल्य आकासिए पनि मुस्ताङी च्याङ्ग्राको माग घटेन 
मूल्य आकासिए पनि मुस्ताङी च्याङ्ग्राको माग घटेन  मूल्य आकासिए पनि मुस्ताङी च्याङ्ग्राको माग घटेको छैन । कोसेलीका लागि र दसैँमा च्याङ्ग्राको मासु खाने चलनले मूल्य आकासिएकाे हाे । बाग्लुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दसैँ लक्षित एक सय ५१ च्याङ्ग्रा जिल्लामा भित्र्याएका छन् ।
दसैँका लागि खसी, बोका र च्याङ्ग्रा बिक्री सोमबारदेखि सुरु गरिने
दसैँका लागि खसी, बोका र च्याङ्ग्रा बिक्री सोमबारदेखि सुरु गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारदेखि दसैँका लागि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ ।विभिन्न जिल्लाबाट ल्याउन सुरु गरिएको खसी, बोका र च्याङ्ग्रा सोमबारदेखि बिक्री गरिने कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् ।
सीमामा चाडबाडलक्षित सुरक्षार्थ खटिए २९ हजार सशस्त्र 
सीमामा चाडबाडलक्षित सुरक्षार्थ खटिए २९ हजार सशस्त्र  दसैँलगायत चाडपर्वका लागि सशस्त्र प्रहरी बलका २९ हजार जनशक्तिले सीमा नाकालगायत क्षेत्रमा सुरक्षा दिन थालेका छन् ।‘चाडपर्व विशेष सुरक्षा योजना’ तयार पारी लागु गर्दै यसपाली चाडपर्वका समयमा २९ हजार जनशक्ति परिचालन गरी निगरानी थालिएको सशस्त्र प्रहरीका प्रवक्ता तथा वरिष्ठ  प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।
गैरआवासीय नेपालीको मताधिकारका लागि पहल भइरहेको छ : प्रधानमन्त्री दाहाल 
गैरआवासीय नेपालीको मताधिकारका लागि पहल भइरहेको छ : प्रधानमन्त्री दाहाल  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपालीहरूको मताधिकारका लागि पहल अघि बढाएको बताएका छन् ।
Weather Update