कोशी प्रदेश सरकार
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ
काठमाडौं— कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार दिउँसो प्रदेश प्रमुख पर्शुराम खापुङ्गले कार्कीलाई शपथ खुवाएका हुन् ।
कार्कीसँगै नेकपा एमालेका रामबहादुर राना र नेपाली कांग्रेसका शम्सेर राईले मन्त्रीको शपथ लिएका छन् ।
प्रकाशित मिति: आइतबार, असोज २८, २०८० १५:३७