News Griha :: न्यूजगृह

काठमाडौंको हनुमान ढोकास्थित दसैँ घरमा जमरा राखिएको छ । आइतबारदेखि विधिवत सुरु भएको नवरात्रको पहिलो दिन दसैँ घरमा ११:२९ बजेको शुभसाइतमा जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ । दसैँ घरमा दसैँको पहिलो दिन अर्थात् घटस्थापनमा जमरा राख्ने परम्परा छ ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १४:२१
Weather Update