News Griha :: न्यूजगृह
गैरआवासीय नेपालीको मताधिकारका लागि पहल भइरहेको छ : प्रधानमन्त्री दाहाल 

चितवन— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपालीहरूको मताधिकारका लागि पहल अघि बढाएको बताएका छन् ।

पश्चिम चितवनको शारदानगरमा आइतबार तीन वटा खानेपानी आयोजनाको एकैसाथ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्या समाधान गर्न सरकार लागिपरेको बताए ।

प्रधानमन्त्री दाहालले भने,‘देश बाहिर रहनुहुने नेपालीको हितमा सामाजिक सुरक्षा कोषको मात्रै होइन, नागरिकता र मताधिकारसम्बन्धी समस्या समाधानका लागि सरकारले पहल अगाडि बढाएको छ ।’

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १४:३४
Weather Update