दसैँका लागि खसी, बोका र च्याङ्ग्रा बिक्री सोमबारदेखि सुरु गरिने

काठमाडौं— खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारदेखि दसैँका लागि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ ।
विभिन्न जिल्लाबाट ल्याउन सुरु गरिएको खसी, बोका र च्याङ्ग्रा सोमबारदेखि बिक्री गरिने कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् ।
उनले खसी, बोका र च्याङ्ग्राको बिक्री सुरु गर्नुभन्दा अगाडि मूल्य तय गरिने जानकारी दिइन् ।
‘सोमबार बिहानदेखि खसी, बोका र च्याङ्ग्रा आउन सुरु गर्छन् । सोमबार दिउँसोदेखि बिक्री थाल्ने छौं । मूल्य भने बिक्री थाल्नु अघि तय गरिनेछ,’ उनले भनिन् ।
खसी, बोका र च्याङ्ग्रा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बाग्मती प्रदेशिक कार्यालय काठमाडौं, थापाथलीबाट बिक्री गरिनेछ ।
प्रकाशित मिति: आइतबार, असोज २८, २०८० १५:०६













