अजिरकोटमा खादा र प्लाष्टिकका बोतल प्रयोगमा निषेध सोमबार, असोज २९, २०८०

काठमाडौं–धनगढी हवाई भाडा किन महंगो ? सोमबार, असोज २९, २०८० काठमाडौंदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु १७ हजार रुपैयाँ पुर्याइएपछि चाडपर्वका समयमा काठमाडौंबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् ।देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाडौं–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् ।

नियमित भएन नेपाल-भारत कार्गो रेल सेवा सोमबार, असोज २९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले गत जेठ १८ गते भारतको दिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रुपमा कार्गो रेलको उद्घाटन गरेका थिए । भारतको बथनाहाबाट नेपालको बुधनगर हुँदै कटहरीसम्म आउने उक्त कार्गो रेल एकीकृत भन्सार चौकी (आईपीसी) भएर आउने व्यवस्था मिलाइएको छ ।

एकीकृत समाजवादीका नेता खनाल चीन प्रस्थान सोमबार, असोज २९, २०८० एकीकृत समाजवादीका केन्द्रीय विदेश विभाग सचिव डा. शङ्कर खतिवडाका अनुसार खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो बीआरएफ फोरमलाई सम्बोधन गर्नेछन् ।

अकासियो हरियो तरकारीको मूल्य सोमबार, असोज २९, २०८० कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको तरकारी र फलफूलको बजार मूल्यमा हरियो तरकारीको मूल्य अकासिएको छ । हरियो तरकारीको भाउ हिजोको तुलनामा ह्वात्तै बढेर आएको छ । परबर १०, मकै बोडी १०, भन्टा ५ ,काउली प्रतिकेजी १०, काँक्रोमा १० रुपैयाँ घट्दा रातो मूला १०, तने...

समाजवादी मोर्चाको सन्देश सभा आज धनगढीमा सोमबार, असोज २९, २०८० भदौ १३ गते पहिलो पटक र २६ भदौमा दोस्रो पटक स्थगित गरिएको कार्यक्रम आज हुन लागेको हो । दिउँसो साढे १ बजेबाट धनगढीमा सन्देश सभा सुरु गरिने नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले जानकारी दिइन् ।

विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र श्रीलङ्का भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा सोमबार, असोज २९, २०८० एकदिवसीय विश्वकप २०२३ अन्तर्गत सोमबार अष्ट्रेलिया र श्रीलङ्काबीच खेल हुँदैछ । खेल भारतको लखनउस्थित रत्न श्री अटल बिहारी वाजपेयी क्रिकेट स्टेडियममा दिउँसो २ बजेबाट सुरु हुनेछ । यो खेलअघि नै श्रीलङ्काको टोलीलाई ठुलो झट्का लागेको छ । टोलीका कप्तान दासुन शनाका चोटका कारण विश्वकपबाट बाहिरिएका छन् ।

दसैँका लागि आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री सोमबार, असोज २९, २०८० दसैँका लागि सोमबारदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गरिने खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले जनाएको छ । कम्पनीले आजदेखि सहुलियतमा खसी, बोका र च्याङ्ग्रा बिक्री गर्न लागेको हो ।

आजदेखि नयाँ नोट साट्न पाइने सोमबार, असोज २९, २०८० आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सोमबारदेखि नयाँ नोट साट्न थालेको हो । काठमाडौं उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखा मार्फत नयाँ नोट सटही गर्न सकिनेछ ।

असोज २९ गते सोमबार तपाईंको राशिफल सोमबार, असोज २९, २०८० असोज २९ गते सोमबार । असोज शुक्ल द्वितीया तिथि । पञ्चाङ्ग विषकुम्भ बालव स्वाति । विश्व खाद्य दिवस । राशिफल ।

आज डलरको भाउ स्थिर, अरुको के छ ? सोमबार, असोज २९, २०८० जसअनुसार आज अमेरिकी डलर आइतबारको तुलनामा स्थिर छ ।अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा कायम छ । युरो एकको खरिद दर १३९ रुपैयाँ ७२ पैसा र बिक्री दर १४० रुपैयाँ ३५ पैसा रहेको छ ।

स्पेन र स्कटल्याण्ड युरो कप-२०२४ मा छनोट सोमबार, असोज २९, २०८० बार्सिलोनाका फरवार्ड गाभीले दोस्रो हाफको सुरुवातमा गरेको एक मात्र गोल निर्णायक बन्यो । २५ खेलमा १९ वर्षीय खेलाडीको यो देशका लागि पाँचौँ गोल थियो । सन् २००८ र २०१२ को युरोपियन च्याम्पियन टोलीले दुई खेल बाँकी छँदै प्रतियोगितामा स्थान बनाउन सफल रह्यो ।

मनसुन बाहिरिएसँगै कस्तो रहला आजको मौसम? सोमबार, असोज २९, २०८० जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । सोमबार देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागको...









