विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र श्रीलङ्का भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा

काठमाडौं — एकदिवसीय विश्वकप २०२३ अन्तर्गत सोमबार अष्ट्रेलिया र श्रीलङ्काबीच खेल हुँदैछ ।
खेल भारतको लखनउस्थित रत्न श्री अटल बिहारी वाजपेयी क्रिकेट स्टेडियममा दिउँसो २ बजेबाट सुरु हुनेछ । यो खेलअघि नै श्रीलङ्काको टोलीलाई ठुलो झट्का लागेको छ । टोलीका कप्तान दासुन शनाका चोटका कारण विश्वकपबाट बाहिरिएका छन् ।
अक्टोबर १० मा पाकिस्तानविरुद्धको खेलमा शनाका घाइते भएका थिए । उनको स्थानमा अलराउन्डर चमिका करुणारत्नेलाई टोलीमा समावेश गरिएको छ । यो विश्वकपमा दुवै टोलीको तेस्रो खेल हुनेछ ।
पाँच पटकको च्याम्पियन अष्ट्रेलिया र श्रीलङ्काले आफ्नो सुरुवाती दुवै खेलमा हार बेहोरेका छन् । कंगारु टोली पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।
श्रीलङ्का पहिलो खेलमा न्युजिल्याण्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।
प्रकाशित मिति: सोमबार, असोज २९, २०८० ०७:५४