News Griha :: न्यूजगृह
मनसुन बाहिरिएसँगै कस्तो रहला आजको मौसम? 

काठमाडौं — यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ

जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागको आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ ।

 सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
भोलि मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका थोरै  र तराईका एकदुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०६:३२
Weather Update