News Griha :: न्यूजगृह
अकासियो हरियो तरकारीको मूल्य

काठमाडौं— कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको तरकारी र फलफूलको बजार मूल्यमा हरियो तरकारीको मूल्य अकासिएको छ ।

हरियो तरकारीको भाउ हिजोको तुलनामा ह्वात्तै बढेर आएको छ । परबर १०, मकै बोडी १०, भन्टा ५ ,काउली प्रतिकेजी १०, काँक्रोमा १० रुपैयाँ  घट्दा रातो मूला १०, तने बोडीमा १०, मटर कोशा ५०, घिउ सिमी १०, कन्य च्याउ ५०, राजमा सिमी ३०, भटमास कोशा २०, रायो सागमा ३० रुपैयाँ मूल्य बढेको छ ।  

यस्तै, भारतीय ठूलो गोलभेँडा न्यूनतम मूल्य प्रतिकेजी हिजोको तुलनामा ५ रुपैयाँले घटेर प्रतिकेजी ३० रुपैयाँ र सानो गोलभेँडाको पनि ५ रुपैयाँ मूल्य घटेर २५ रुपैयाँ प्रतिकेजी मूल्य कायम भएको छ ।  यस्तै, आलु रातो ६० रुपैयाँ, सेतो आलु ४० रुपैयाँ, सुकेको प्याज ७४ रुपैयाँ प्रतिकेजीमा बजारमा पाइने छ । 

आज प्रतिकेजी लोकल गाजर ११०, बन्दा ५०, स्थानीय काउली ९०, रातो मूला ७०, लोकल सेतो मूला ३०, भन्टा लाम्चो ३५, तने बोडी ११०, मकै बोडी ८०, मटरकोसा २००, घिउ सिमी ५०, राजमा सिमी २२०, भटमास कोशा ७०, तितो करेला ६०, लौका ६०, परबर ६०, घिरौँला ९०, फर्सी पाकेको ४०, हरियो फर्सी ५०, भिन्डी ७०, बरेला ७०, रायो साग ८०, तोरीको साग ४०, कन्य च्याउ १५०, डल्ले च्याउ ४००, कुरिलो ५०० र काँक्रो ८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । 

समितिले निर्धारण गरेको फलफूलको मूल्यमा आज फुजी स्याउ हिजोको तुलनामा ५० रुपैयाँ बढेर ३५० पुगेको छ । केरा १४०, कागती १२०, अनार ४००, कालो अंगुर ४००, सुन्तला भारतीय १३०, तरबुजा ६०, मौसम १२०, मेवा नेपाली ६०, किवी २०० र आभोकाडो २०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ । 


 

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०८:२९
Weather Update