News Griha :: न्यूजगृह
जसपाले गर्‍यो जिल्ला समिति पुनर्गठन
जसपाले गर्‍यो जिल्ला समिति पुनर्गठन  जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना विभिन्न पाँच जिल्ला समिति पुनर्गठन गरेको छ । 
ब्रम्हायणी मेलासँगै भक्तपुरमा नवरात्र सुरु
ब्रम्हायणी मेलासँगै भक्तपुरमा नवरात्र सुरु आश्विन शुक्ल प्रतिपदाको दिनदेखि भक्तपुरमा नवरात्र पनि सुरु भएको छ ।
दिपेशको सानदार बलिङमा नेपाललाई बहराइनले दियो ७८ रनको लक्ष्य
दिपेशको सानदार बलिङमा नेपाललाई बहराइनले दियो ७८ रनको लक्ष्य एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा बहराइनले नेपाललाई ७८ रनको झिनो लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७.५ ओभरमा अलआउट हुनुपूर्व ७७ रन मात्रै जोड्न सक्यो ।
शिक्षा विधेयक संसदबाट पारित भएपछि शिक्षक कर्मचारीले गुनासो गर्नुपर्ने अवस्था बाँकी रहन्न : शिक्षामन्त्री राई
शिक्षा विधेयक संसदबाट पारित भएपछि शिक्षक कर्मचारीले गुनासो गर्नुपर्ने अवस्था बाँकी रहन्न : शिक्षामन्त्री राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संसदमा पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई समयानुकूल बनाउन सबैको भूमिका महत्त्वपूर्ण भएको बताएका छन् ।शिवपुरी माध्यमिक विद्यालयको हीरक जयन्तीका अवसरमा आयोजित समारोहमा मन्त्री राईले सो कुरा बताएका हुन्  ।
दसैँ सुरु भएसँगै कति पुग्यो हरियो तरकारी र फलफूलको मूल्य ?  
दसैँ सुरु भएसँगै कति पुग्यो हरियो तरकारी र फलफूलको मूल्य ?   आजबाट बडादसैँ सुरु भएको छ । दसैँको पहिलो दिन घटस्थापनामा शक्तिपीठ तथा घरघरमा जमरा राखिँदैछ ।दसैँको पहिलो दिन पनि कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले हरियो तरकारी र फलफूलको बजार मूल्य सार्वजनिक गरेको छ ।
विश्वकै उच्च स्थानको तिलिचो ताल क्षेत्रमा इन्टरनेट पुग्यो 
विश्वकै उच्च स्थानको तिलिचो ताल क्षेत्रमा इन्टरनेट पुग्यो  विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा इन्टरनेटको पहुँच पुगेको छ । हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै क्षेत्रमा इन्टरनेट जडान गरिएको हो ।
दसैँका बेला शिक्षकको तलब रोकियो
दसैँका बेला शिक्षकको तलब रोकियो शुक्लाफाँटा नगरपालिकाको आन्तरिक किचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरु निराश बनेका छन् ।यसैबीच दसैँका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई दीपनगर आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मा भण्डारीले आफ्नै तलब बापतको रकम वितरण गरेका छन् ।
पाल्पा निस्दीको ज्यामिरेमा विद्युत् पुग्यो 
पाल्पा निस्दीको ज्यामिरेमा विद्युत् पुग्यो   पाल्पाको निस्दी गाउँपालिका–७ मा विद्युत् पुगेको छ । वर्षौंदेखि विद्युत् सेवाका पर्खाइमा रहेका स्थानीय केन्द्रीय प्रसारणलाइन पुगेपछि खुसी भएका छन् । 
कोशीमा कुर्सीको तमासाले गणतन्त्रलाई बदनाम गराउन भूमिका खेलेको छ : अध्यक्ष भट्टराई
कोशीमा कुर्सीको तमासाले गणतन्त्रलाई बदनाम गराउन भूमिका खेलेको छ : अध्यक्ष भट्टराई नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले कोशी प्रदेशमा गत दश महिनामा प्रमुख पुराना दलहरूले गरेको कुर्सीको तमासाले गणतन्त्रलाई बदनाम गराउन भूमिका खेलेको बताएका छन् ।कोशी प्रदेशमा पटक–पटक सरकार परिवर्तन हुँदै शनिबार नयाँ सरकार बनेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराई सो कुरा बताएका हुन् ।
काभ्रेमा डेँगुको सङ्क्रमण फेरी बढ्यो
काभ्रेमा डेँगुको सङ्क्रमण फेरी बढ्यो काभ्रेमा फेरी डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेँगु सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।
सरकार र आन्दोलनरत स्थानीय तह कर्मचारीबीच १९ बुँदे सहमति, आन्दोलन फिर्ता
सरकार र आन्दोलनरत स्थानीय तह कर्मचारीबीच १९ बुँदे सहमति, आन्दोलन फिर्ता आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ । सहमति भएसँगै कर्मचारीको आन्दोलन फिर्ता भएको छ । सामान्य प्रशासन मन्त्रालयमा शनिबार भएको वार्तामा १९ बुँदे सहमति भएको संघर्ष समितिका सहसंयोजक रामप्रसाद न्यौपानेले जानकारी दिए । संघीय निजामती विधेयकमा आफूहरूलाई विभेद गरेको भन्दै स्थानीय तहका कर्मचारी दुई साता...
नयाँबसपार्कमा घर फर्किने यात्रुको भीड
नयाँबसपार्कमा घर फर्किने यात्रुको भीड नेपालीको महान् पर्व बडादसैँ सुरु भएसँगै गोङ्गबुस्थित नयाँबसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । सरकारले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि शनिबारदेखि नै घर जाने यात्रुको घुइँचो लागेको हो । शुक्रबार ४० हजारले उपत्यका छाडेकामा शनिबार एकै दिन...
Weather Update